वेलबारी,/ मोरङको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले ट्रमासेन्टर अस्पताल बनाउनका लागि २ विघा जग्गा दिने घोषणा गर्नु भएको छ । बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नवनिर्मित भवन तथा ल्याव सेवाको उद्घाटन गर्दै प्रमुख सुवेदीले बेलबारी बजार नजिकै रहेको जग्गादिने घोषणा गर्नु भएको हो ।

बेलायती एक संस्थाले ट्रमा सेन्टर बनाउन जग्गा उपलब्ध गराउन भनेको छ प्रमुख सुवेदीले भन्नुभयो,‘सम्बृद्ध नगर खुशी नगरवासी भन्ने नगरपालिकाको नारालाई साकार बनाउन लागेको हुँ ।’ माघ महिना भित्रनै ट्रमा सेन्टर बनाउन सम्झौता गर्ने समेत उहाँले बताउनुभयो । सो जग्गाको मुल्य अहिले २ करोड पर्ने बताइएको छ । ट्रमा सेन्टरसँगै १५ शैया वेडको अस्पताल समेत संचालन गरिने उहाँले बताउनुभयो । नगर प्रमुख सुवेदीले यसैबर्ष देखी बेलबारीका सवै वडामा स्वास्थ्य चौकीहरु बनाई सक्ने घोषणा समेत गर्नुभयो । ११ वटा वडा रहेको बेलबारीमा २, ३, ६ र १० नम्बर वडामा चालु आर्थिक वर्ष भित्रमा स्वास्थ्य चौकीहरु बनाइसक्ने प्रमुख सुवेदीले उद्घोष गर्नुभयो ।

तपाईको प्रतिक्रिया