alt

काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन्। उपसभामुख तुम्बाहाम्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्।

त्यसपछि सोमबार बसेको पहिलो संसद बैठकको अध्यक्षता गर्दै उपसभामुखले आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्।

बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले आफूले सभामुख पनि नभएको अवस्थामा उपसभामुख पदबाटसमेत राजीनामा दिँदा गलत सन्देश जाने भन्दै आफूले सभामुखको उम्मेद्वार टुंगो लागेपछि राजीनामा दिएको बताइन्।

आइतबार बसेको नेकपा सचिवालय बैठकले सभामुखमा अग्नि सापकोटाको नाम अनुमोदन गरेपछि उपसभामुखले राजीनामा दिएकी हुन्।

यसअघि आफूलाई नै सभामुख नबनाएसम्म राजीनामा नदिने अडानमा रहेकी उपसभामुखसँग आइतबार प्रधानमन्त्री ओलीले छलफल गरेका थिए।

नेकपाले सभामुख आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्थामा उपसभामुखले राजीनामा दिएकी हुन्।

 

तपाईको प्रतिक्रिया