क्याप्टेन खड्काको अवस्था सामान्य, थप उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं : सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भएको छ ।
दुर्घटनापछि उनको अवस्था सामान्य रहेको लुक्का पर्यटन व्यवसायी नुर्बु शेर्पाले जानकारी दिए । ‘उहाँको शरीरको बाहिरी भागमा सामान्य चोट छ, अहिले आत्तिनुपर्ने केही छैन’, शेर्पाले भने ।
शेर्पाका अनुसार क्याप्टेन खड्कालाई थप उपचारका लागि लुक्लाबाट हेलिकोप्टरमार्फ...











