एमाले विराटनगर महानगर अध्यक्षमा बलराम गिरी निर्वाचित
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन् ।
विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा मतगणना गरेर शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पछि पार्दै गिरीले बाजी मारेका हुन् । उनले १ सय ७३ मत पाउँदा कोइरालाको पक्षमा १ सय २१ मत मात्रै पर्यो । एमाले महानगर कमिटी...










