बेबारिसे युवाको उपचारमा समस्या
विराटनगर / विराटनगरको कोसी अस्पतालमा एक साता अघि आएका एक बेबारिसे युवाको उपचारमा समस्या भएको छ ।
देब्रे खुट्टामा घाउ बोकेर अन्दाजी ३५ वर्ष जतिका युवा आएका थिए । तर अहिले त्यही घाउका कारण घुँडादेखि तलको भाग कुहिएको छ । जसका कारण अस्पतालको इमरजेन्सी कक्ष वरपर दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण उपचारका लागि जाने बिरामी, अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी पनि समस्यामा परेका छन् ।
उनको परिचय ख...











