पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते

पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु, दुई घाइते
गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया हसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो । घाइते भएका दुईजनालाई सकुशल उद्ध...

दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु

दमौलीका डेंगु संक्रमित एक व्यक्तिको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ। अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाकाप्रमुख डा गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय  एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो। ...

भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ
सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पी...

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र  राजदूतावास निरन्तर सम्पर्कमा  रहेको दूतावासले जनाएको छ। 'बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गला...

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो ब्रान्डीङ

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो ब्रान्डीङ
उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । बागलुङको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ...

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  ...

सुनको मूल्यमा नयाँ कीर्तिमान, पुग्यो तोलाकै डेढ लाख

सुनको मूल्यमा नयाँ कीर्तिमान, पुग्यो तोलाकै डेढ लाख
नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (आइतबार)सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भएकोमा आज ३ सयले नयाँ कीर्तिमान कायम गरेको हो यस दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ...

शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ

शेखर कोइरालाको तर्क- राजनीतिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार बन्यो, यसलाई टिकाइराखौँ
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन्  । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटक पटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताएका हुन् । उनले अहिलेको सरकार...

बाघले लियो २६ वर्षीया महिलाको ज्यान

बाघले लियो २६ वर्षीया महिलाको ज्यान
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काटिरहेकी बेला उखुबारीबाट आएको बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। बाघले करिब ५० मिटर घिसारेको छ। हिराको कपाल लुछिएको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। हीरा र मीना देउरानी जेठानी सँगै बस्छन्। कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई व...

बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पती पक्राउ

बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पती पक्राउ
तेह्रथुमको आठराई-७ थोक्लुङ भालुखोपमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा जन्माएर चर्पीको सेफ्टी ट्याङ्कीमा फ्याक्ने थोक्लुङ भालुखोपका १९ वर्षीय नगेन्द्र श्रेष्ठ र २० वर्षीया मनिता लिम्बूलाई ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले पक्राउ गरेको हो । साउन १६ गते दिउँसो ४ बजे ट्वाईलेटमा मनिताले छोरी जन्माए पछि दम्पतीले नवजात शिशुलाई बोरामा राखेर सेप्टी ट...