एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ
कैलालीको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुसहित इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तिययारका प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपलगायत काम गरिदिएबापत सेवाग्र...










