मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ
६ मङ्सिर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी-६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट भे९प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णा...







