न्यू बुटवल-गोरखपुर प्रसारण लाइन आधाआधा लगानीमा बनाउन नेपाल भारत सहमत
काठमाडौं । नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय बैठकले दुई देशबीचको अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल(गोरखपुर आधाआधा लगानीमा बनाउने सहमति गरेको छ । भारतको बैंगलोरमा मंगलबार भएको बैठकले नेपालले प्रस्ताव गरे अनुरुपको सहमति जुटाएको हो । ‘आधा(आधा स्वपूँजी रहने कम्पनी स्थापना गरी व्यवसायिक मोडलमा प्रसारण लाइन बनाउन सहमति जुटेको छ,’ ऊर्जामन्त्री वर्षमान पुनले भने, ‘इनर्जी बैंकिङमा पनि धेरै ...











