काठमाडौं । रातारात फूल तथा बिरुवा रोपेर बगैंचा बनाइएको तीनकुनेमा बिरुवाहरू सुक्न थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सजाउन तीनकुनेमा रोपिएका बिरुवा सुकेका हुन्।

तीनकुनेका तीनवटा भित्तामा माटो भरेर रातारात फूल तथा अन्य बिरुवा रोपिएको थियो। बिरुवा तथा फूल रोपेपछि ुसेल्फी चौरु का रुपमा परिचित भएको यो चौरका तीनवटा भागमा रोपिएका कतिपय बिरुवा सुक्न थालेका हुन्।

सेल्फी का लागि यसरी बोर्ड टाँसेर प्रबर्द्धन गरिएको छ । तीनकुने चौरका किनारमा तीनतिरबाट देखिने गरी रोपिएको हरियो दुबो पनि अचानक हराउन थालेको छ। तीनकुनेमा रोपिएको दुबो सोमबार कतिपय ठाउँमा उप्किएको देखियो। कोटेश्वरबाट एअरपोर्ट जानेतर्फको भागमा रोपिएको दुबो हराएको हो। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया