आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको समेत निधन,गाउँ नै शोकमा !

आमाको मृत्यु भएको बर्षदिन नबित्दै  जुम्ल्याहा दाजुभाईको समेत निधन,गाउँ नै शोकमा !
केराबारी । आमाको निधन भएको बर्षदिन नबित्दै मोरङको केराबारी ९ भलुवा घर भइ बेलबारी ३ मा बसोबास भएका जुम्ल्याहा दाजुभाईको १५ दिनको अन्तरमा निधन भएपछि यतिबेला भलुवा गाँउ शोकमा डुबेको छ । दाजुभाईको निधन सँगै एउटा रहस्यमय घटना समेत सार्बजनिक भएको छ । आमाको निधन भएपछि घरमा परम्परा अनुसार बिजुवा (धामी) लगाउँदा अब दुई जना भाइ चाहिन्छ भनिएको थियो रे। त्यसबेला दुबैजना जुम्ल्याहा दाजु हरिप्रसाद र भाई हरि...

अख्तियार प्रमुख राईलाई राजीनामा दिन ‘जेनजी’को दबाब

अख्तियार प्रमुख राईलाई राजीनामा दिन ‘जेनजी’को दबाब
काठमाडौँ । ‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दबाब दिएको हो । उक्त अलायन्समा आबद्ध व्यक्तिहरू मङ्गलवार (असोज २१) बिहान कार्यालय समय सुरु हुने बित्तिकै काठमाडौँको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गर...

सुनसरीमा टीकाको दिन मोटरसाइकल ठक्कर दिएपछि घाइते महिलाको मृत्यु, बालक उपचाररत

सुनसरीमा टीकाको दिन मोटरसाइकल ठक्कर  दिएपछि  घाइते महिलाको मृत्यु, बालक उपचाररत
इटहरी : सुनसरीको दुहबी नगरपालिका–१२ बुकडहरीस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। असोज १६ गते साँझ ५ः३० बजेतिर को १२ प ६९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री ६० वर्षीया मीरा भुजेल र सोही स्थानकी रेनुका भुजेलका छोरा २ वर्षीय मेजेश भुजेललाई ठक्कर दिएको थियो। दुवैलाई गम्भीर अवस्थामा विराटनगरको नोबेल अस्पताल प...

जेनजीको हुँ भन्दै गुण्डागर्दी गर्ने सानुभाइ पक्राउ

जेनजीको हुँ भन्दै गुण्डागर्दी गर्ने सानुभाइ पक्राउ
आफू जेनजी भएको भन्दै व्यावसायिक व्यक्तिहरुलाई धम्क्याएर पैसा माग्ने सानुभाइ अर्थात युवराज गुरुङ पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई धाकधम्की दिएर पैसा असुल्ने धन्दा चलाएपछि जिल्ला प्रहरी काठमाडौंले खोजी गरेर पक्राउ गरेको हो । नुवाकोटका युवराज गुरुङ यसअघि ठमेलस्थित क्लब ओम्रियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गर्दा पक्राउ परेका थिए । उनी पछिल्लो समय गुण्डागर्दीमा संलग्न हुदै आएका छन् ।

ओलीले प्रयोग गरेको सामाजिक सञ्जाल बहिस्कार

ओलीले प्रयोग गरेको सामाजिक सञ्जाल बहिस्कार
-केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रयोग गरेका सामाजिक सञ्जाल प्रयोग गर्न बहिस्कार गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सामाजिक सञ्जाल प्रयोग गरेकी छन् । सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । र, प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गरिन्छ । किनकि त्...

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढीले उद्योग प्रभावित

सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा बाढीले उद्योग प्रभावित
विराटनगर / अविरल वर्षासँगै खोलानालामा आएको बाढीले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका दुई दर्जनभन्दा बढी उद्योग प्रभावित भएका छन्। लगातारको वर्षाले बाढी पस्दा उत्पादन, मेशिनरी र पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार मोरङ व्यापार संघले ५० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको जनाएको छ। दुहबी नगरपालिका–८ स्थित अरिहन्त मल्टिफाइबर्समा टेंग्रा खोलाको बाढी पसेपछि उद्योगको ७० मिटर ल...

कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका नागरिकका परिवारलाई तत्काल एकलाख राहत

कोशीमा बाढी पहिरोबाट मृत्युवरण गरेका  नागरिकका परिवारलाई तत्काल एकलाख राहत
विराटनगर । कोशी प्रदेश सरकारले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिकका परिपारलाई तत्काल एक लाख राहत दिने भएको छ । प्रदेश सरकारले प्रभावित जिल्लाबाट विवरण माग गरेर तत्कालै यो राहत उपलब्ध गराउने भएको हो । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल्ला अधिकारीमार्फत विवरण माग गरिएको बताएका छन् । विवरण प्राप्त हुनसाथ दुईदिन भित्रमै राहत पठाइने भएको ह...

कंकालिनी मन्दिरमा पूजा गर्न जाँदै गर्दा दुर्घटना, एकजनाको मृत्यु

कंकालिनी मन्दिरमा पूजा गर्न जाँदै गर्दा दुर्घटना, एकजनाको मृत्यु
सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लौकहीबाट सप्तरीको कंकालिनी मन्दिरमा बोका लिएर पूजा गर्न जाँदै गरेको बा ३० प ३८७६ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको गधालाई बचाउने क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार ७० वर्षीय करनबहादुर गुरुङको मृत्यु भएको हो।उनी गम्भीर घाइते भई उपचारका क्रममा न...

तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा १४ लाख बराबरको गहना चोरी
तरहरा : इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ। दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो। रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना ...

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ

इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ
इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया महिलाको हत्या भएको छ । खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले सोमबार साँझ आफ्नी श्रीमती अनिसा भट्टराईलाई काठको बटमले प्रहार गर्दा उनको ज्यान गएको हो । दाहालले राति करिब ८ बजेतिर श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी भट्टराईलाई प्रहरीले उद्धार ...