ठूला आवाज निकालेर र स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी मोटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्तो तरीकाले ...











