नेपाल बाट नयाँ दिल्लीको लागी छुटेको यात्रुबहाक बस लखनउमा दुर्घ’टना भएको छ । दुर्घ’टनामा परी दुई दर्जन भन्दा बढी यात्रु घा’इते भएका छन् । घा’इते हुनेमा धेरैजसो नेपाली नागरिक रहेको बताइएको छ । घा’इतेहरूलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार बिहान भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउ स्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घ’टना भएको हो ।सो बस नेपालको कुन स्थानबाट प्रस्थान गरेको हो भन्ने प्रष्ट हुन सकेको छैन । नेपालगञ्ज प्रहरीका अनुसार बस दुर्घ’टनाबारे प्रारम्भिक जानकारी आएको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ । चालक निदाएका कारण उक्त दुर्घ’टना भएको समाचारमा उल्लेख छ ।

ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्र’स्त भएको छ । बसका चालक र परिचालक पनि घा’इते भएका छन् ।भारतीय अखबार दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा जनाएअनुसार नविन थापा, नन्दू, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायत घा’इते भएका छन् । समाचारमा उनीहरुको ठेगाना भने खुलाइएको छैन । घा’इते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया