महानगरीय ट्राफिक प्रहरी महाशाखाले ध्वनि प्रदूषण हुनेगरी शहरमा कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गर्ने भएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै महाशाखाले कोलाहल मच्चाउँदै ठूला आवाज निकाल्ने, स्वरुप परिवर्तन गरेर लापर्वाही ढङ्गले तथा दायाँ बायाँ गरी मोटरसाइकल चलाउने काम कानुन विपरीत भएकोले यस्तो तरीकाले मोटरसाइकल नचलाउन आग्रह गरेको छ ।

सडकमा बुलेट बाइक लिएर निस्किएकी एक अधवैशैं महिला ।

विज्ञप्तिमा महाशाखाको आग्रहलाई अटेर गरी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम अधिकतम दण्ड जरिबाना गरिने स्पष्ट पारिएको छ ।

तपाईको प्रतिक्रिया