पेस्तोल र चार लाख ७८ हजार नगदसहित खाेटाङका एक युवक प्रहरीको फन्दामा
खोटाङ जिल्ला साकेला गाउँपालिका–१ घर भई हाल धापाखेलमा बसोबास गर्दै आएका २३ वर्षीय शिवकुमार बि.क.लाई बिहीबार राति करिब २:५० बजे पक्राउ गरिएको हो। स्थानीयले उनी मद्यपान गरी हो–हल्ला गरेको जानकारी दिएपछि धापाखेल प्रहरी प्रभागबाट खटिएको टोलीले चेकजाँच गर्दा बि.क.को कम्मरमा रहेको ब्यागभित्र हतियार फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट ५००००४९१ नम्बरको म्याग्जिन सहितको गोली नभएको चाइनिज प...










