१६ वर्षदेखि उडिरहेकाे बुद्धको जहाजलाई गरियो बिदाइ
काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले बिदाइ गरेको हो ।
२००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नप...