अटो शोमा राखिएको यो बाइक, जसको मुल्य सुन्दै जो कोहि पर्छ चकित
ठमाडौं – भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१९ मा एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको छ । अन्य कुराका अतिरिक्त यसको मूल्यले समेत यसरी सबैको ध्यान खिच्न सफल भएको हो ।एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ ।सो बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ र इन्धन...