एकैपटक तिन छोरी जन्माएकी मानमतीको हेलिकप्टर मार्फत उद्धार
दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूती गृह (बर्थिङ) सेन्टरमा सोमबार तीन छोरीको जन्मदिएकी मानमतिको आज हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ काकनाडी चौखुट्टे बस्ने वर्ष २५ की मानमती धामीले सोमबार दुर्गम क्षेत्रमा रहेको वर्थिङ सेन्टरमा बच्चा जन्माएकी मानमतिको त्याहा उपचार सम्भव नभएपछि मंगलबार विहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको...