काठमाडौं / पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेकाे एउटा पोस्टरमा गाईको समेत तस्वीर समावेश गरिएकाे छ । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टरमा गाईको समेत तस्वीर भए पछि विवादास्पद बनेकाे छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश गरिएकाे भन्दै बिराेध भइरहेकाे छ । विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताए । उनले भने कुनै गलत नियत राखेर यो काम गरिएको छैन् ।विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया