पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको निधन भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार एकापसमा ठो’क्किँदा कारमा सवार पाँचको निधन भएको छ ।

दुर्घटनामा ग’म्भीर घाइते भएका पाँचलाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएकामा अस्पतालले निधन भएको घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । निधन हुने मध्ये नवलपुरको देबचुली नगरपालिका १ केउरेनी बस्ने ३५ वर्षीय दिपक भनिने पूर्ण बहादुर बि.क, देवचुली ५ बस्ने दिल बहादु ढेगाँ मगर र कैलालीका सुरज राना मगरको मात्रै स’नाखत भएको छ । अन्य २ जनाको स’नाखत हुन सकेको छैन ।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा राति १ः४५ बजेको समयमा दाङबाट काठमाडाँैका लागि छुटेको बस आफैँ अनियन्त्रित भई पल्टिँदा एक जनाको निधन भएको छ भने कम्तीमा १५ घाइते भएका छन् । ना७ख ८६४२ नंको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको निधन भएको छ । दुर्घटनामा परी घाइते १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको नामावली

घाइते हुनेहरुमा सल्यान कालीमाटी गाउँपालिका-४ बस्ने रामबहादुर ओली, सोही स्थानकै प्रकाश केसी र लेखराज केसी, सल्यानकै कपुरकोट गाउँपालिका-४ बस्ने दीपक पुन र कपुरकोट गाउँपालिका-३ बस्ने दल बहादुर ओली छन् ।

यसैगरी शैलेश्वरी गाउँपालिका-१ बस्ने रोहित चन्द, रोल्पाको गंगादेव गाउँपालिका-६ बस्ने नवलसिंह ओली र पूर्वी रुकुमको भुमे गाउँपालिका-८ बस्ने प्रेम बहादुर पनि घाइते भएका छन् ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने बसका सहचालक सुजन बुढाथोकी, दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय दुर्गा परीयार, सोही स्थान बस्ने २४ वर्षीय कल्पना परियार, तुलसीपुर-१ का प्रेम भुसाल, पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-१ बस्ने नरबहादुर श्रेष्ठ, सुनसरीको इनरुवा-१० बस्ने रिजवार आलम र गुल्मीका जगदीश अर्याल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९५१० नम्बरको बस मंगलबार बिहान पौने पाँच बजेतिर नवलपरासीकै मध्यविन्दु नगरपालिका-७ चालीस किलो भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचार गर्न चितवन पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया