दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित स्वास्थ्य चौकी खारको सुरक्षित प्रसूती गृह (बर्थिङ) सेन्टरमा सोमबार तीन छोरीको जन्मदिएकी मानमतिको आज हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ काकनाडी चौखुट्टे बस्ने वर्ष २५ की मानमती धामीले सोमबार दुर्गम क्षेत्रमा रहेको वर्थिङ सेन्टरमा बच्चा जन्माएकी मानमतिको त्याहा उपचार सम्भव नभएपछि मंगलबार विहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । धामीको अहिले सुविधा सम्पन्न अस्पताल नेपालगंजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जानकारी दिएका छन् ।

मानमतिले यसभन्दा पहिले दुइ छोरीको जन्म दिइसकेकी छिन् । तीन छोरी जन्माएको उहाको यो तेस्रो पटक हो । सोमबार मानमतिले जन्म दिएका तीन छोरीहरुको तौल औषत तौल भन्दा कम रहेको छ । पहिलो पटक जन्मिएको छोरीको २ किलो, तथा दुई छोरीको १ किलो २ सय ग्राम मात्र तौल रहेको छ । दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी ठगुन्नाले बताईन्। यस्तै अक्सिजन मेसिन समेत छैन । २४ सै घण्टा प्रसुति सेवा भएपनि उपकरण अभावमा समस्या भएको उनले बताएका छन्

;’Ts]/L dlxnfsf] p4f/
bfr'{nf, & c;f]h -/f;;_ M gf}uf8 ufpFkflnsf– @ sf @% jifL{o dfgdtL wfdLn] ;f]daf/ tLg j6f 5f]/L hGdfPsf 5g . b’u{d ufpFsf] ;’/lIft k|;”lt s]Gb|df ;’/lIft ?kdf aRrf hGdfPklg aRrfsf] pd]/ cf}ifteGbf sd tyf cfdf / gjhft lzz’sf] :jf:Yodf ;’wf/ gePsf] eGb} ;/sf/n] d+unaf/ x]lnsK6/dfkm{t g]kfnu~h k’¥ofPsf] 5 . pgLx?sf] e]/L c~rn c:ktfn g]kfnu~hdf yk pkrf/ ul/g] hgfOPsf] 5 . t:jL/ M g/]Gb|l;x sfsL{

धामी र बच्चाहरुको अवस्था गम्भिर रहेका कारण उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट नेपालगंज लगिएको उनले बताए । स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सम्बन्धी सामान्य सेवाबाहेक अरु जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र रेफर गर्नुपर्ने विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । एकै पटक तीन सन्तानको जन्म दिएकी मानमतिको स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो ।  यसअघि धामीका छ वर्ष र ३ वर्षकी गरि दुई छोरी छन् ।

तपाईको प्रतिक्रिया