काठमाडौं । वैज्ञानिकले ३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ। त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको छ।यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ भन्ने युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले बताएका छन्।

यो ग्रहका आफ्ना छुट्टै ताराहरू छन्। ती एकदमै नजिक पनि छन्। ती ताराहरूले यसको वरिपरि परिक्रमा गर्छन्। त्यसैगरी उक्त ग्रहले पनि आफ्नो एक चक्र पूरा गर्न ३३ दिन मात्र लगाउँछ। तर, हाम्रो पृथ्वीलाई सूर्यको एक चक्कर लगाउन तीन सय ६५ दिन लाग्छ। ‘सुपर अर्थ’ लाई परिक्रमा गर्न ३३ दिन मात्र लाग्नुको कारण यो आफ्ना ताराहरू भन्दा एकदमै नजिक छ।

‘सुपर अर्थ’ सन् २०१५ मा नासाको ‘केप्लर स्पेसक्राप्ट’ ले पहिलो पटक पत्ता लगाएको थियो। तर, यसबारे अहिले देखिएका केही तथ्यहरूले वैज्ञानिकलाई अचम्ममा पारेका छन्। त्यहाँ अहिले पत्ता लागेको तापक्रम, वातावरण र पानी सबै पृथ्वीसँग मिल्दोजुल्दो रहेका छन्। ग्रहको वायुमण्डलमा जलको वाष्पीकरणले त्यहाँ चट्टान र बरफ हुन सक्ने सम्भावना रहेको अनुमान लगाइएको छ। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया