सावधान ! तपाईको गाडीको चक्का लक हुन सक्छ

सावधान ! तपाईको गाडीको चक्का लक हुन सक्छ
तपाई सवारी साधान लिएर इटहरी इटहरी आउँदै हुनुहुन्छ ? त्यसो हो भने पार्किङ क्षेत्रमा मात्रै सवारी रोक्नु होला । पार्किङ निषेधित क्षेत्रमा सवारी छाडेर जानु भयो भने ट्राफिक ले तपाईको सवारी साधनमा कुनै पनि बेला ह्वील लक लगाउन सक्छ । त्यस पछि तपाईले जरिवाना तिरेर मात्रै आफ्नो सवारी लैजान पाउनु हुनेछ । इटहरीमा सवारी साधनको चाप ब ढ्नु र पार्किङ क्षेत्र नहुँदा सडक व्यवस्थित गर्न अझै पनि गाह्रो भएक...

झापामा आगलागीबाट ५० लाख बराबरको क्षति

झापामा आगलागीबाट ५० लाख बराबरको क्षति
झापा / झापाको कन्काई नगरपालिका-५ चत्रामारीका सोमनाथ अधिकारीको घरमा आगलागी हुँदा अन्दाजी ५० लाख बराबरको क्षति भएको छ । आज बिहान सवा १० बजे अधिकारीको काठले बनेको टिनको छाना भएको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा घर भित्र रहेको लत्ता कपडा, भाडा वर्तन, खाद्यान्न तथा फर्निचरको समान जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । उक्त आगलागी प्रहरी,...

लापरबाही बढेपछि एम्बुलेन्समाथि कडाई

लापरबाही बढेपछि एम्बुलेन्समाथि कडाई
विराटनगर / मोरङमा सञ्चालनमा रहेका एम्बुलेन्समाथि प्रहरीले विशेष ढंगबाट निगरानी बढाउन थालेको छ । विशेष परिस्थितिमा चलाउनु पर्ने एम्बुलेन्समा चालकको लापरबाही बढेको पाइएपछि कडाई गर्न थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार प्राय एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो बढी आएको छ । मापसे गरेका चालकले एम्बुलेन्स चलाउने गरेको गुनासो आएसँगै...

विमानस्थलबाट ४ किलो सुन बरामद

विमानस्थलबाट ४ किलो सुन बरामद
काठमाडौं / ४ किलो अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका लीको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए

धरानको सेउती पुल छेउ भारतीय एम्बुलेन्स पल्टियो

वराटनगर २० साउन । धरान–इटहरी सडकखण्डमा पर्ने सेउती पुल छेउमा भारतीय एम्बुलेन्स दुर्घटनामा परेको छ । बीआर ०७ पी ७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परेको हो । धरानस्थित बीपी प्रतिष्ठानबाट बिरामी ल्याई फर्किने क्रममा सेउती छेउको घुम्तीमा दुर्घटनामा परेको र चालक सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार दीपराज अधिकारीले जानकारी दिए । घुम्ती कटाउन नसक्दा एम्बुलेन्स पल्ट...

नक्कली प्रहरी पक्राउ

नक्कली प्रहरी पक्राउ
  काठमाडौँ / केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कूल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङलाई आज पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ...

बाग्लुङमा पहिरो जाँदा तीनको मृत्यु,

बाग्लुङमा पहिरो जाँदा तीनको मृत्यु,
बाग्लुङको तमानखोला गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ। आइतबार रातीको ठूलो वर्षासँगै घरमाथिमाट पहिरो खसेपछि घरमा सुतिरहेका पञ्चकुमारी श्रीपाइली (४५) , असारी श्रीपाइली (७०)  र प्रवीण श्रीपाइली (१२) को मृत्यु भएको हो। घटनाबारे थप विवरण बुझ्न र घाइतेहरुको उद्धार गर्न प्रहरी घटनास्थलतर्फ गएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सेतोपाटील...

ठेकेदारकाे लापरबाहीले ओखलढुंगा-रुम्जाटार सडकको काम अलपत्र

ओखलढुंगा, साउन २० । हरेक विकासमा निर्माण कम्पनीको लापरवाही जोडतोडका साथ उठ्ने गरेको छ । तर, पनि कारवाही हुन नसक्दा जुनसुकै निर्माणको काम सुस्त बन्ने गरेको छ । यस्तै समस्या ओखलढुंगा–रुम्जाटार सडकको पनि छ । सिद्धिचरण नगरपालिका रमाईलो डाँडादेखि विमानस्थलसम्मको सडक अलपत्र छ । सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडादेखि वडा नम्बर ४ रुम्जारटार बिमानस्थलसम्मको ११ दशमलव १ किलोमिटर मोटरबाटो कालोपत्रे हुन सके...

धरान घोपाका प्रा.डा. सहित दुईजना बिरुद्ध मुद्धा, १ करोड २८ लाख घुस लिएको आरोप

सुनसरी, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानका प्रा.डा. राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँद...

सुन्दरहरैचामा सिटि सफारी अनियन्त्रित हुदा १ बच्चा घाईते

सुन्दरहरैचामा सिटि सफारी अनियन्त्रित हुदा १ बच्चा घाईते
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा ०४ स्थित गोकुलम रिसोर्ट अगाडि पार्किङ् गरी राखेको सिटी सफारीलाई सोही वडा बस्ने नरेन्द्र बस्नेतको छोरी बर्ष ३ कि कृसा बस्नेतले एक्सिलेटर चलाउदा सिटिसफारी अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएको छ ।सिटिसफारी पोलमा ठोक्कि दुर्घटना हुँदा बच्चाको टाउकोमा चोट लागि गम्भिर घाइते भएको प्रहरीले बताएको छ । घाइते बच्चालाई उपचारको लागि धरान स्थित घोपा क्याम्प लगिएको ...