नक्कली नोट सहित एक जना पक्राउ

नक्कली नोट सहित एक जना पक्राउ
सर्लाही–सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका-६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

जिवितै छँदा गा ड्न भन्दै अस्पतालले परिवारलाई जिम्मा दिएको शिशुको २४ घण्टा पछि निधन

जिवितै छँदा गा ड्न भन्दै अस्पतालले परिवारलाई जिम्मा दिएको शिशुको २४ घण्टा पछि निधन
नेपालगन्ज, २९ भदौ । भेरी अस्पतालमा जिवित छँदै मृ त घोषणा गरेर गाड्न भन्दै अस्पतालका कर्मचारीले परिवारको जिम्मा लगाएको नवजात शिशुको २४ घण्टा पनि निधन भएको छ । अस्पतालमा २३ हप्तामा ६ सय ग्राम तौलमा शुक्रवार शिशु जन्मिएको थियो । तर अस्पतालका स्वास्थ्यकर्मीले शिशुको मृ त्यु भएको भन्दै गाड्न लैजानु भन्दै परिवारको जिम्मा लगाएका थिए । प्लाष्टिकका पोको पारेर दिइएको शिशु गाड्न लैजाँदै गर्दा बाटोमै चलमलाएपछ...

नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज

नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज
२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहिँ विमान चढ्न  ढीलो भएकोमा क्षमा मागेका छन् ।   युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन...

चितवनमा शनिबार राति भएका दुर्घटनामा परी दुईको निधन

चितवनमा शनिबार राति भएका  दुर्घटनामा परी दुईको निधन
  पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार निधन हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको निधन भएको हो । यस्तै कालिका नगरपालिक...

टिकट पाउने भएपछि कांग्रेस छाडेर साझामा

टिकट पाउने भएपछि कांग्रेस छाडेर साझामा
काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी साझा पार्टी प्रवेश गरेकी छन्। उक्त पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन्। साझाले उनलाई कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने उक्त पार्टी स्रोतले जनाएको छ। पोखरा विश्वविद्यालयमा उपप्रशासक केसी २० वर्षे सेवावधि सकेर पेन्सन पाकेपछि उक्...

तरुण दलमा भांडभैलो, अध्यक्षको बर्खास्ती लगत्तै महासचिवले गरे जवाफी कारबाही

तरुण दलमा भांडभैलो, अध्यक्षको बर्खास्ती लगत्तै महासचिवले गरे जवाफी कारबाही
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकअर्कालाई संगठनबाट कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको हो। संगठनको अनुशासनविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी महासचिव शाहीलाई पदबाट बर्खास्त गरेका हुन्। त्यसलगत्तै महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई...

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !

अमेरिकामा एक नेपालीको यसरि भयो दुखद निधन !
बाल्टिमोर -अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल रहेका छन् । बुधबार बिहानै कपिलका घरभेटी नविन अफिस निस्कँदै गर्दा सामान्य अवस्थामा सुतिरहेका कपिल आफुँ अफिसबाट फर्किँदा पनि उही अवस्थामा देखेपछि उठाउँदा नबोलेपछि तुरुन्त प्रहरीलाई खबर गरिएको हो । पछि प्रहरीले कपि...

साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार

साढे ३ लाखभन्दा बढी नगद सहित काकी लिएर एक युवक फरार
बझाङ। बझाङ घर भई हाल भारतको फरिदावादमा रोजगारी गर्दै आएका एक युवकले साढे ३ लाखभन्दा बढी नगद र ६ तोला सुनसहित काकी र बहिनी लिएर फरार भएका छन् । बझाङको थलारा गाउँपालिका– २, दंगार्जी घर भएका धनबहादुर थापाले उक्त परिमाणको सुन र नगदसहित भारतको फरिदावादमै बस्दै आएकी काकी नाता पर्ने मीना थापा र उनकी छोरी ३ वर्षीया सिम्रन थापालाई लिएर बेपत्ता भएका हुन् । रतमा रोजगारीका लागि आएका नेपालीहरूले नाता–रगत नह...

संसदीय उपसमिति मेडिकल माफियाको प्रभावमा, प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश

संसदीय उपसमिति मेडिकल माफियाको प्रभावमा, प्रतिवेदनबाट एकाएक हटाइयो कारबाहीको अंश
मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदनबाट मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न सिफारिस गर्ने प्रस्ताव नै हटाइएको छ। शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग अवैध शुल्क असुलेको ठहर गर्दै केही मेडिकल कलेजको सम्बन्धन खारेजीको सिफारिस गर्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेकोमा यो सन्दर्भ अन्तिम प्रतिवेदनबाट हटाएको ...

६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल !

६० हजार कर्मचारी व्यवस्थापनमा अन्योल !
काठमाडौं। कर्मचारी व्यवस्थापनका आधार र मापदण्डसम्बन्धी ऐन बन्न ढिलाइ हुँदा प्रदेश तथा स्थानीय तहमा कार्यरत झन्डै ६० हजार कर्मचारीको व्यवस्थापनमा अन्योल उत्पन्न भएको छ । कर्मचारी समायोजन सम्पन्न भएसँगै हाल प्रदेशमा १३ हजार १२८ र स्थानीय तहमा ४३ हजार ८०७ कार्यरत छन् । प्रदेशमा कार्यरत कर्मचारीको व्यवस्थापनका लागि आवश्यक ‘प्रदेश निजामती सेवाको आधार र मापदण्डसम्बन्धी ऐन’ र स्थानीय तहमा कार्यरत कर्म...