नक्कली नोट सहित एक जना पक्राउ

सर्लाही–सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका-६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया