तीजमा छोरी लिन गएकी आमालाई खोलाले बगायो
रामेछाप, १२ भदौ । तिज मनाउन माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी आमालाई खोलाले बगाएको छ । रामेछापकी ५६ वर्षीया राधिकादेवी कार्कीलाई खोलाले बगाएको हो । उनको ज्यान गएको छ ।
उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ की ५६ वर्षीया राधिका कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी थिइन् । लगातार वर्षाका कारण उनको घरभन्दा केही पर रहेको ठाडो खोलामा बाढी आएको थिय...









