परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि जाने भएका छन् । यस्तो छ कार्यक्रम
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंसिर पहिलो साता रुस भ्रमणमा जाने भएका छन् ।
रुसी समकक्षी सर्गेई लाभ्रोभको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली मंसिर ७ गते रुस भ्रमणका लागि निस्कने तय भएको हो ।
१७ वर्षपछि नेपालको मन्त्रीस्तरबाट हुन लागेको उक्त भ्रमणका क्रममा मन्त्री ज्ञवाली र समकक्षी सर्गेई बिच दुई पक्षीय हितका मामिलामा वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्रका अन...









