प्रहरीले पक्राउको तयारी गरिरहँदा सिद्धबाबा आईसीयूमा भर्ना भएका छन् ।
विराटनगर / सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लगेका सिद्धबाबा कृष्णदासजी महाराज विराटनगरको विराट नर्सिङ होममा आईसीयूमा भर्ना भएका छन् । घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै अस्पतालले आईसीयूमा भर्ना गरेको हो । विराटनगर आएको डीएसपी विनोद शर्मा नेत्रृत्वको टो...







