ताप्लेजुङको पाथिभरा मन्दिर र खोटाङको हलेसी महादेव मन्दिरमा हवाई सेवा सुरु गरिने

ताप्लेजुङको पाथिभरा मन्दिर र खोटाङको हलेसी महादेव मन्दिरमा हवाई सेवा सुरु गरिने
विराटनगर।   प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ।  ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर विमानस्थलबाटै मंसिर तेस्रो सातादेखि सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप,...

२० हजार घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

२० हजार घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो। जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिस...

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुला...

खोटाङमा खोलामा डुबेर तीन वर्षीय बालकको ज्यान गयो

खोटाङमा खोलामा डुबेर तीन वर्षीय बालकको ज्यान गएको छ । सावा खोलामा खेल्नेक्रममा डुबेर खोटेहाङ गाउँपालिका–३ सावाकटहरे रातामाटाका ३ वर्षीय साहिल राईको ज्यान गएको हो । ठूला अभिभावक खोला किनारको खेतमा धान काट्न व्यस्त भएकोबेला अन्य केटाकेटीसँगै खोलामा खेल्न जाँदा बालक खोलामा डुवेको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझीले बताए । बेँसीको धान काट्नका लागि गाउँबाट अभिभा...

घुस लिदा लिदै जहदाका कार्यवाहक वडाध्यक्ष पक्राउ

घुस लिदा लिदै जहदाका कार्यवाहक वडाध्यक्ष पक्राउ
विराटनगर/ मोरङको जहदा गाउ“पालिका १ का कार्यबहाक वडा अध्यक्ष पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उमेशकुमार साहलाई मंगलबार वडा कार्यालय भित्रैबाट २१ हजार रुपैया“ लि“दै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैया“को योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताएका छन् । विराटनगर महानगरपालिका...

मोरङ्गको बुढीगंगा गाउँपालिका वडा नं.२ मा महिला प्रसुति भवन स्थापना

मोरङ्गको बुढीगंगा गाउँपालिका वडा नं.२ स्थित रहेको स्वास्थ्य चौकि टंकिसिनवारी भवनमा सुविधा सम्पन्न महिला प्रसुति भवन स्थापना भएको छ । उक्त्त स्वास्थ्य चौकि भवनको उद्धघाट्न प्रदेश नं.१ का प्रदेश सभा सदस्य माननीय श्री केदार कार्की ज्यूबाट समुद्घाटन गरीएको थियो । कार्यक्रममा स्वास्थ्य चौकि भवनको व्यवस्थापन समितिका अध्यक्ष तथा बुढीगंगा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रेवती नारायण चौधरीको अध्यक्ष...

उदयपुरमा प्रहरी र स्थानीयबीच झडप

उदयपुरको बेलका नगरपालिका- ४ लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान प्रहरी र स्थानीयबीच झ डप भएको छ। झ डपपछि स्थानीयले चक्काजाम गरेका छन्। एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्। झडपमा प्रहरीले अश्रु ग्यास हानेको छ। सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए। रोकेर राखेको टिपरलाई त्यहाँबाट लैजान...

महिलामाथि डोजर चलाउने चालक बोहरा जेल चलान

बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् । बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो । त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही...

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ८ जना पक्राउ

  उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ८ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा राईले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ८ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा राई ...

ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालकको मृत्यु
 कास्कीको पोखरामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षिय बालकको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ट्याक्टरको ठक्करबाट पोखरा महानगरपालिका वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो । ग१त २८२८ नम्बरको ट्याक्टरले ठक्कर दिने चालक भने फरार रहेको र उनको तीब्रगतीमा खोज तलास भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।