प्रजातन्त्र दिवस आज, जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिन
राष्ट्रिय प्रजातन्त्र दिवस आज । २००७ सालको जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र महान सहिदहरूको बलिदानी, त्याग र संघर्षको प्रतिफल हो । जनक्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला तय गरेर नागरिकलाई अधिकारसम्पन्न बनाएकाले पनि प्रजातन्त्र दिवसको ठूल...










