काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले अनलाइन जुवा सञ्चालन गरिरहेको सूचनाका आधारमा छापा मार्दै २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख रुपैयाँबराबरको अनलाइन जुवाको कारोबार गरेको पाइएको छ।

पक्राउ परेका भारतीय नागरिकहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप समेत बरामद गरिएको छ।

अनुसन्धानका क्रममा उनीहरूले अनलाइन मार्फत ठूलो परिमाणमा जुवा खेलाइरहेको खुल्न आएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया