झापामा चट्याङ लाग्दा दुईजना घाईते, गाईको मृत्यु
झापा । झापामा परेको चट्याङले दुई जना घाइते भएका छन् भने गाईको मृत्यु भएको छ। लगातारको हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण बुधबार साँझ दुइ छुट्टाछुट्टै घटनामा सो क्षति भएको हो।
बुधबारेस्थित बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गरिरहेका बेला चट्याङले लागेर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्ताम...











