मोरङको केराबारीबाट फरार प्रतिवादी पक्राउ
मोरङको केराबारीबाट प्रहरीले बुधबार १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।केराबारी गाउँपालिका–७ घर भएका ३५ वर्षीय सुजन रानामगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दिउँसो २ः३० बजेतिर रानामगरलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन् । जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा २०७५ साल असोज १७ गते रा...











