भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर
काठमान्डाैं / नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ ।
तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इम...









