युवा दिवसमा सामाजिक विकास मन्त्रालयको रक्तदान
विराटनगर,
अन्तराष्ट्रिय युवा दिवशको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ पिन्ट रक्त संकलन भएको छ । पछिल्लो समयमा विराटनगरमा रगतको अभाव देखिएको छ । रक्तदान कार्यक्रम स्थलबाटै ८ पिन्ट रगत विरामीका आफन्तले लगेका थिए । पछिल्लो समय रक्त संचार सेवा केन्द्रमा रगतको अभाव भएका कारण विरामीहरु समस्यामा परेको अ...








