सातदोबाटोमा स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ
काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।
केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट नगद चोर्ने मोहन मगर भन्ने मोहन खत्री पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
...










