ईलाममा श्रीमान–श्रीमतीको एकसाथ मृत्यु भएपछि एउटै चितामा दागबत्ति
इलाम । कालगतीले श्रीमान श्रीमतीको एकै पटक ज्यान जानु अनौठो घटनाका रुपमा मानिन्छ । तर ईलाममा यस्तै एउटा अनौठो घटना भएको छ । करिब ६ घण्टाको अन्तरमामान र श्रीमतीको मृत्यु भएपछि एकै चित्तामा राखेर दागबत्ति दिईएको छ ।
ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दु...











