मिलेसम्म रिलेसन, नभए साइबर अपराध
काठमान्डाैं / महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदर बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो ।
‘हामीले सहमतिमै भिडियो खिचेका हौँ,’ उनले ...










