सुन्दरहरैचा । मोरङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला कमिटी सदस्य तथा विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–२ बाट पक्राउ गरिएका ३२ वर्षीय रामु मग्राती ‘विपिन’ रहेका छन् । प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट विप्लव समूहका बिभिन्न दस्तावेजहरू समेत बरामद गरेको छ । उनीमाथि गत २०७५ फागुन ३० बेलबारी नगरपालिका–१० पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको घटना सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीको भनाई छ।

तपाईको प्रतिक्रिया