पूर्वसभासद् कार्की जेल चलान
काठमाडौंँ / अदालतले घुसकाण्डमा दोषी ठह¥याएको पूर्वसभासद् डोलबहादुर (डिवी) कार्की जेल चलान भएका छन् । अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।
अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरी...











