धरान । इटहरी तथा विराटनगरबाट बसाई सरेर यौनकर्मी महिलाहरु धरान केन्द्रित हुन थालेको स्रोत्रले बताएको छ । केहि होटलहरुको सेटिङमा यौनकर्मी महिलाहरु धरान बसाई सरेको प्रहरी स्रोत्रले बताएको छ । पर्यटकीय गन्तव्य धरान यौनधन्दाले बदनाम हुन थालेको पाईएको हो ।


इटहरी र विराटनगरमा प्रहरीले केहि कडाई गरे पछि यौनकर्मी महिलाहरु बसाई सरेर धरान जान थालेको प्रहरी नै बताउँछ । धरानमा केही होटल व्यवसायीहरुले युवतीहरु राखेर यौनधन्दा संचालन गरेको पाईएको छ । कन्टाक्टमा युवतीहरु राखेर धरान आउनेहरुलाई युवतीहरुसँग रात विताउने ग्राहकहरुलाई मिलाई दिने काम गर्ने गिरोह सकृय भएको पाइएको छ ।विगतमा इटहरी क्षेत्रमा यौन व्यवसाय फस्टाएको थियो । तत्कालिन डिएसपी विनोद शर्माको सकृयतामा यौन कार्यमा युवतीहरुलाई बाध्यकारी बनाउने होटल संचालक, यौनधन्दामा संलग्न युवतीहरुलाई मुद्धा चलाए पछि इटहरीमा यस्तो कार्य बन्द भएको थियो ।इटहरीमा बन्द भएको यौनधन्दा धरानतिर फस्टाएको पाईएको छ । होटलमा युवतीहरुलाई सीमित पैसा दिएर धरान तथा भेडेटारका लजहरुमा ग्राहकहरुसँग युवतीहरुलाई पठाउने गरेको पाईएको छ । घर नै भाडामा लिएर समेत यौन धन्दा संचालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।युवतीहरुले त्यसरी यौन व्यापारमा संलग्न दलाल भनेर वताएको व्यक्तिको सुचिमा नाम चलेका केहि होटल संचालकसमेत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । ग्राहक हेरेर मूल्य तोकिन्छ दलालहरुले युवतीहरुलाई ग्राहक हेरि हेरि मुल्य राखेर यौन कार्यका लागि पठाउने गरेको पाईएको अनुशन्धानमा सँलग्न प्रहरीले वताएका छन् ।पक्राउ परेका युवतीले अधवैंशे र पाका उमेरका नेपाली र भारतीय यौन कार्यका लागि होटलहरुमा आउने गरेको वताएका छन् । धरानका नाम चलेका व्यापारी, व्यवसायीहरुलाई समेत यौनधन्दा संचालकहरुले युवती उपलब्द गराउने र त्यो बापत मोटो रकम असुल गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नै बताउँछन ।धरानका होटलबाट युवती मिलाए पछि ग्राहकहरुले पूूर्वको पर्यटकीय गन्तव्य भेडेटार लिएर जाने गरेका छन् । भर रात विताउनका लागि भेडेटार उनीहरु सुरक्षित मान्छन् । यौनधन्दा संचालन गदै आएकाहरु ग्राहकहरुलाई भर रातका लागि भने भेडेटार नै लान सल्लाह दिन्छन् ।केही युवतीहरु सजिलै पैसा कमाउन सकिने देखेर लागेका पाईयो भने केही युवतीहरु गरिवीले यौनधन्दा गरेको पछि छाड्न खोज्दा होटल संचालकहरुले निरन्तर गर्नबाध्य पारेको बयानमा युवतीहरुले बताएका छन् । यौनकार्यमा संलग्न नहुने भन्दा पनि उनीहरुको कमजोरीलाई टेकेर जब्वरजस्ती संलग्न गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।यस्ता गैरकानुनी काम गर्ने व्यक्तिलाई कडा कारवाही गरेर धरानमा देखिएको विकृती हटाउने अभियानमा लाग्नु पर्छ । स्थानियहरुले पनि साथ र सहयोग निरन्तर गरिरहनु भएको छ । धरानलाई बद्नाम गराउने खालको यस्तो यौनधन्दा नियन्त्रण गर्नु पर्छ । लागुऔषधको धरानको पुरानो मुद्धा पनि जारी राखेको छ । यी दुवै विकृतबाट धरानलाई मुक्त गराउन इलाका प्रहरी कार्यालय धरान लाग्नु पर्छ ।

तपाईको प्रतिक्रिया