नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै पहिलो बुटिक एयरपोर्टको रुपमा बिस्तार गर्ने काम तीब्र गतिमा अगाडी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी यतिबेला नेपाली मौलिकता झल्कने गरी सजावट गर्न थालिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको निधन पछि केहि सुस्ताएको काम हालका पर्यटन मन्त्री योगेश भट्टराईले विमानस्थललाई नेपाल भ्रमण बर्ष २०२० अगाडी नै सकेर भ्रमण बर्षमा आउने पाहुनालाई बुटिक एयरपोर्टबाटै स्वागत गर्ने भन्दै काममा तिब्रता दिन निर्देशन दिए अनुरुप नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर यो विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

यतिबेला बिमानस्थलमा पर्यटकहरुलाई आकषिर्त हुने खालका झयालहरुमा आँखी झ्याल बनाउने र बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरुले डिजाइन समेत गरीसकेका छन्।

अहिले विदेशबाट आउने यात्रुहरु जहाजबाट उत्रिएर अराइभलतर्फ आउँदै गर्दा ठूलो अक्षरले ‘वेलकम टु नेपाल’ लेखेको देखिन्छ। टाढाबाट हेर्दा शब्दमात्र देखिएपनि नजिक आएर ती अक्षरमा नियाल्दा नेपालका विभीन्न पर्यटकीय गन्तब्यहरुको चिनारी झल्काउने तस्बिर देख्न सकिने खालको बनाईसकिएको छ।

 

तपाईको प्रतिक्रिया