पत्रकारितामा राजनितिक हस्तक्षेप तथा सञ्चार क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको प्रति आपत्ति जनाउदै नेपाल प्रेस युनियन सुनसरीले जिल्ला प्रशासन कार्यलय मार्फत सञ्चार मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सुदुरपश्चिम प्रादेशिक दिपायलमा रेडियो नेपालमा लामो  समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाईनु अनुचित भएको भन्दै नेपाल प्रेस युनियन सुनसरीले आपत्ति जनाएका हुन् । सरकारी सञ्चार क्षेत्रमा सरकारले मनोमनी गरी पत्रकारहरुलाई राजनितिक पुर्वाग्रह साँधेर जथाभावी हटाउनुका साथै पत्रकारहरुको कार्ड नविकरण नगरेको प्रति प्रेस युनियन सुनसरी गम्भीर ध्यानाकार्षण भएको भन्दै नेपाल प्रेस युनियन सुनसरीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै प्रेस युनियन सुनसरीका अध्यक्ष धन बहादुर पुरीले प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई तत्काल काममा फर्काउन माग गर्दै श्रमजिवी पत्रकार एैनको सम्मान गर्न पनि माग गरेका छन् ।साथै प्रेस स्वतन्त्रता विरोधी कार्य नगर्न पनि आग्रह गरे । प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर केहि समय अगाडि कामबाट हटाएको थियो ।

तपाईको प्रतिक्रिया