पत्रकारितामा राजनितिक हस्तक्षेप तथा सञ्चार क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको प्रति आपत्ति जनाउदै नेपाल प्रेस युनियन सुनसरीले जिल्ला प्रशासन कार्यलय मार्फत सञ्चार मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल सुदुरपश्चिम प्रादेशिक दिपायलमा रेडियो नेपालमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर कामबाट हटाईनु अनुचित भएको भन्दै नेपाल प्रेस युनियन सुनसरीले आपत्ति जनाएका हुन् । सरकारी सञ्चार क्षेत्रमा सरकारले मनोमनी गरी पत्रकारहरुलाई राजनितिक पुर्वाग्रह साँधेर जथाभावी हटाउनुका साथै पत्रकारहरुको कार्ड नविकरण नगरेको प्रति प्रेस युनियन सुनसरी गम्भीर ध्यानाकार्षण भएको भन्दै नेपाल प्रेस युनियन सुनसरीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै प्रेस युनियन सुनसरीका अध्यक्ष धन बहादुर पुरीले प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई तत्काल काममा फर्काउन माग गर्दै श्रमजिवी पत्रकार एैनको सम्मान गर्न पनि माग गरेका छन् ।साथै प्रेस स्वतन्त्रता विरोधी कार्य नगर्न पनि आग्रह गरे । प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्रह साँधेर केहि समय अगाडि कामबाट हटाएको थियो ।
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ असार १२ गते
मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिब...
सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन -गगन थापा
झापा । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य भएको नेपाली कांग्रेस सभपाति गगन थापाले बताएका छन् । मंगलबार झापामा ...
गृहमन्त्रीको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि…..
गृहमन्त्री सुधन गुरुङलाई दिइएको ब्रेकफास्टमा माछाको काँडा भेटिएपछि होटलका दुई भान्सेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ...
विराटनगरमा प्रहरी सहित ३ जनामाथि छुरा प्रहार गर्ने नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–३ भट्टाचौक नजिक अनुकरण मार्गमा दुईजना प्रहरी र सुधारगृहका प्रमुख समेतलाई छुरा प्रहार गर...
मेरिल्याण्ड कलेजको कक्षा १२ मा उत्कृष्ट नतिजा
विराटनगर। विराटनगर–६ स्थित मेरिल्याण्ड कलेजले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल...
गर्मी बढेपछि शीतलता खोज्दै इटहरीको तालतलैया पुग्दै पर्यटक
गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीय स्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकहरूको ...
















