काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको निधन भएको छ भने दुई जना घाइते भएका छन् । निधन हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् । घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीया छोरा घाइते भएका छन् । दुबैको अवस्था गम्भीर रहेको छ ।

 

प्रहरीका अनुसार घाइते बालक र सवारी चालक प्रभास ओझाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बालकको अवस्था चिन्ताजनक छ। प्रहरीले दुर्घटना मंगलबार २ बजेर ५५ मिनेटमा पूर्वी ४४ नामको हाइवेमा भएको जनाएको छ। सवारी चालक प्रभास मृतक श्रद्धा खनालका पति थिए।

प्रहरीले बुधवार जारी गरेको सूचना भनिएको छ, ‘घाइते रहेका प्रभासले सवारी जाममा जब गाडी रोक्ने प्रयास गरे, पछाडीबाट टोयोटा पिकअप ट्रकले ठक्कर दियो।’ प्रभासले टोयोटा र्‍याप फोर नामको गाडी चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

मृ तक श्रद्धा खनालको परिवार सन् २०१२ मा डिभी लोटरी मार्फत अमेरिका आएको थियो। श्रद्धाका बुवा आमा भने तीन महिना पहिले मात्रै अमेरिका आइपुगेका थिए। मृ तक श्रद्धा ओझा खनाल बिराटनगर निवासी हुन् ।

तपाईको प्रतिक्रिया