बलात्कारमा मिलापत्र गराउने सात जना पक्राउ
रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीमाथि गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गराएर सामसुम पार्ने र लेनदेनमा अपराध टुँग्याउन खोज्ने गाउँका १० जना अगुवा मध्ये सात जना पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय...







