अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा १८ दिनदेखि सेवा प्रवाह ठप्प छ । मेयर र उपमेयरको झगडा चर्कंदै जाँदा उच्च अदालत बिराटनगरको आदेशपछि नगरपालिकाको सेवा प्रवाह रोकिएको हो । कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागो र नेकपाबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीबीचको विवादका कारण १८ दिनदेखि काम ठप्प हुँदा सेवाग्राहीहरु मारमा परेका छन् । सेवाग्राहीसँग शुल्क लिएर गर्नुपर्ने कुनै पनि काम नगरपालिका र वडा...










