भ्यानको ठक्करबाट इटहरीमा एक पुरुषको मृत्यु
सुनसरी । पूर्वपश्चिम राजमार्ग्स्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।
भ्यान तीव्र गतिमा र...











