सडक भाँसिदा मेचि राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक , सडक भासिँदा मेची राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक
बिहीबारदेखि भइरहेको निरन्तरको वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। सडक विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।त्यसैगरी, तिल्केनी, सिमलगोला, शिल्पुर सडकखण्ड समेत पहिरोका कारण पूर्णरूपमा अवरुद्ध बनेको छ।
यी दुबै सडकखण्डमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।स्थानी...











