विराटनगरमा छुरा प्रहार गरी एक जनाको हत्या
सुनसरीको दुहबी घर भएका एक जना युवकको विराटनगरमा छुरा प्रहार गरी हत्या भएको छ ।
सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । रामलोचन अक्लेशका ठुलोबुवा रहेको प्रहरीले जनाएको छ । ठुलीआमाकी छोरी (बहिनी)को बिहेमा आएक...










