चार दिनसम्म ढुंगामा च्यापिएका व्यक्तिको उद्धार
कम्बोडियाको एउटा गुफामा चार दिनसम्म फसेका व्यक्तिको उद्धार गरिएको छ। चमेराको विष्टा संकलन गर्न हिँडेका ती व्यक्ति चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए।
बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए।
प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए।
...